काठमाण्डौ । दिपावलीमा लक्ष्मीको पूजासँगै कतिपय समुदायमा आफन्त, साथीभाईलाई उपहार दिने चलन समेत छ । भाइटीकाका दिन त अझ चेलीबेटीले आफ्ना दाजुुभाई र माइतीले चेलीलाई उपहार दिने चलन पुुरानै हो । उपहार आदानप्रदान हुँदा यसबाट आपसी सम्बन्ध प्रगाढ हुन्छ भन्ने जनविश्वास रहिआएको छ । तर, दिपावलीमा कुन–कुन चिज उपहारको रुपमा दिनुुहुँदैन भन्ने बिषयमा धेरै मानिसलाई ज्ञान हुन्न । किनभने यस्ता केही चिजहरु उपहार दिनुु वास्तुुशास्त्र अनुसार अशुुभ हुन्छ । साथै, यस्ता चिज उपहार दिंदा धनको हानी समेत हुने चर्चित ज्योतिषाचार्यहरु बताउँछन् । केही चिजहरु यस्ता हुन्छन्, जसलाई उपहारको रुपमा दिंदा लक्ष्मी रुष्ट हुने उनीहरु मान्यता राख्छन् । 

भगवान गणेश र लक्ष्मीको मूर्ति


ज्योतिषाचार्यहरुले भनेका छन् कि दिपावलीमा भूलेर पनि कसैलाई भगवान गणेश र लक्ष्मीको मूर्ति उपहारको रुपमा नदिनुहोला । यदि तपाई गिफ्टको रुपमा यो चिज दिन खोजिरहनुुभएको छ भने निर्णय तुरुन्तै परिवर्तन गर्नुहोस् । किनभने यस्तो कामबाट घरको शान्ति भंग हुने ज्योतिषाचार्यहरुको ठहर छ । यस्तो कुरा गिफ्ट दिंदा तपाईको घरमा धनको अभाव समेत हुनसक्छ । 

पानीवाला चिज वा शो-पिस


दिपावलीको अवसरमा तपाईले भूलेर पनि पानीवाला चिज वा शो पिस गिफ्ट नगर्नुहोस् । यस्तो गर्दा घरमा पैसाको कमी आउने वास्तुुशास्त्रीहरु बताउँछन् । यस्तो चिज उपहार दिंदा आर्थिक दिक्दारीको समेत सामना गर्नुपर्ने हुनसक्छ । त्यसकारण कसैलाई गिफ्ट दिंदा यो कुरामा विशेष ध्यान दिनुहोला । 

आफ्नो व्यवसायसँग जोडिएको चिज
दिपावलीको अवसरमा कसैलाई पनि तपाईले आफ्नो व्यवसायसँग जोडिएका चिजहरु भूलेर पनि गिफ्ट गर्नुहुँदैन । यसो गर्नुभयो भने तपाईले आफ्नो कारोबारमा नराम्रो नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । त्यसकारण कसैलाई पनि गिफ्ट दिइरहँदा यो बिषयमा विशेष ध्यान दिनुुहोला । 

सिल्कको कपडा उपहार दिनुुहुन्न


दिपावलीको अवसरमा कसैलाई पनि सिल्कको कपडा गिफ्ट दिनुुहुुन्न । यदि तपाई धनतरेशको दिन किनमेल गरिरहनुुभएको छ भने आफ्ना लागि मात्रै गर्नुहोस् । यो दिन कुनै पनि अन्य व्यक्तिका लागि केही खरीद नगर्नुहोस् । धनतरेशको दिन अर्काका लागि सामान किन्दा र सिल्क कपडा खरीद गर्दा समेत धनको हानी हुने वास्तुुविज्ञ बताउँछन् । 

यी धातुुले बनेका चिज गिफ्ट नगर्नू


यो पर्वको दौरान पाँच धातुहरु: सुन, चाँदी, तामा, काँस र पित्तलबाट बनेको कुनै पनि चिज उपहारको रुपमा नदिनूू । वास्तुुशास्त्रले भूलेर पनि यस्ता चिज आफन्त, चेली वा माइतीलाई गिफ्ट गर्न नहुने प्रष्ट पारेको छ । किनभने यस्तो चिज जसले गिफ्ट लिन्छ, त्यसलाई नोक्सानी हुने बताइन्छ । साथै, दिपावलीको अवसरमा कालो रंगको कुनै पनि सामान आफ्नो घरमा नल्याउनूूहोस् र कालो रंगको कुनै पनि उपहार आफन्त वा प्रियजनलाई नदिनुुहोस् । यसले समेत धनको हानी गराउँछ ।