काठमाण्डौ । एनआइसी एशिया बैंकले बिहीबार पनि ३ वटा नयाँ शाखा उद्घाटन गरेको छ । बुधबार समेत गरी यो बैंकले २ दिनको अवधिमा ८ वटा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो । 

बिहीबार बैंकले काठमाण्डौ उपत्यकाभित्र २ र पर्सा जिल्लामा १ गरी ३ शाखाको उद्घाटन गरेको हो । 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडानम्बर ५ स्थित राधेराधे शाखा कार्यालयको सोही वडाका अध्यक्ष अमृतमान श्रेष्ठबाट उद्घाटन भएको हो । यस्तै, भक्तपुरकै चाँगुनारायण नगरपालिका वडानम्बर २, दुवाकोटमा स्थापित शाखाको सो वडाका अध्यक्ष शिवहरि केसीले उद्घाटन गरेका बैंकले जनाएको छ । 

बैंकले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ मा स्थापना गरेको शाखाको सो गाउँपालिकाका अध्यक्ष जालिम मियाँले भव्य समारोहका बीच उद्घाटन गरे ।

यो बैंकको देशभर २८१ शाखा कार्यालय, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ । बैंकका करिब १६ लाख ग्राहक छन् ।