काठमाण्डौ। कृषि विकास बैंक र सिटिजन्स बैंक लिमिटेडको ऋणपत्रहरु बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्।

कृषि विकास बैंकको ‘एडीबीएल कृषि बैंक ऋणपत्र–२०८३’ र सिटिजन्स बैंकको “१०.२५% सिटिजन्स बैंक ऋणपत्र–२०८६” नेप्सेमा सूचीकृत भएका हुन्। 

कृषि विकास बैंकको रु. १ हजार अंकित दरका २५ लाख इकाइबराबरको ऋणपत्र सूचीकृत भएको छ। यो ऋणपत्रको वार्षिक ब्याजदर १०.३५ प्रतिशत रहेको छ। 

त्यस्तै सिटिजन्स बैंकको रु. २ अर्ब ५० करोडबराबरको २५ लाख इकाइ ऋणपत्र सूचीकृत भएको छ। यो ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको छ।