काठमाण्डौ । एक वाणिज्य तथा एक मर्चेन्ट बैंक र एक हाइड्रोपावर कम्पनीले जागिरको अवसर खुलाएका छन् । 

सनराइज बैंक लिमीटेड, ग्लोबल आइएमई क्यापिटल लिमीटेड र एन्ड्रिज हाइड्रोले विभिन्न पदमा निकै ठूलो संख्यामा कर्मचारी मागेका हुन् । 

सनराइज बैंकले चिफ फाइनान्सियल अफिसर, चार्टर्ड अकाउन्टेन र आइटी अफिसर, सुपरभाइजर तथा असिस्टेन्टतर्फको कर्मचारी मागेको छ । एकजना चिफ फाइनान्सियल अफिसर, केही चार्टर्ड एकाउण्टेन र ५ जना आइटीतर्फको कर्मचारी माग गरेको हो । सम्बन्धित पदका लागि आवश्यक योग्यता, कार्यानुुभव तथा अन्य बिषय जान्नका लागि यो सूचना हेर्नुहोस् :

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमीटेडले १२ पदका लागि दर्जनौ कर्मचारी मागेको छ । यो मर्चेन्ट बैंकले चिफ अपरेटिङ अफिसर, इन्भेष्टमेन्ट बैकिङका लागि विभागीय प्रमुुख, मर्चेन्ट बैकिङका लागि विभागीय प्रमुख, सूचना प्रविधि विभागको प्रमुख, जनरल सर्भिस डिपार्टमेन्टका लागि विभागीय प्रमुख, इन्भेष्टमेन्ट अफिसर, मार्केटिंग विभाग प्रमुख, अकाउण्ट तथा फाइनान्स विभाग प्रमुख, विजिनेश सपोर्ट इञ्चार्ज, म्यानेजमेन्ट ट्रेनी, जुनियर असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट लगायतको पदमा जागिर खुलाएको हो । सम्बन्धित पदका लागि आवश्यक योग्यता, कार्यानुुभव तथा अन्य जानकारीका लागि सूचना पढ्नुुहोस् :

उता, इलेक्ट्रोमेकानिकल सिस्टम तथा सर्भिसमा विश्वव्यापी रुपमा काम गरिरहेको चर्चित कम्पनी एण्ड्रिज हाइड्रोले ६ पदका लागि जागिरको अवसर खुलाएको हो । यो कम्पनीले कन्ट्रयाक्ट्स म्यानेजर, मार्केटिङ तथा सेल्स म्यानेजर, प्रोजेक्ट म्यानेजर, इन्स्टलेसन एण्ड कमिसन म्यानेजर, कमर्सियल म्यानेजर तथा प्रोक्यूरमेन्ट म्यानेजर लगायतको पदमा काम गर्ने गरी दर्जनौ जनशक्ति मागेको हो । यो कम्पनीले प्रकाशित गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छ :