काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि चारवटा दुई विकास बैंकसहित चार वित्तीय संस्थाको सेयरमूल्य बुधबार समायोजन गरेको छ ।

नेप्सेले सिन्धु विकास बैंक, ज्योति विकास बैंक, समीट लघुवित्त र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्यअनुसार प्रतिकित्ता सिन्धु विकास बैंकको ११८.३७ रुपैयाँ, ज्योति विकास बैंकको १४९.८९ रुपैयाँ, समीटको ५४०.९० र नेपाल सेवाको ४८७.८० रुपैयाँ कायम भएको छ । समायोजित मूल्यअनुसार नै अब यी संस्थाको कारोबार खुल्नेछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि आज बुधबारदेखि यी संस्थाले बुक क्लोज गरेका छन् ।

सिन्धु विकास बैंकले आफ्नो १० औँ वार्षिक साधारणसभा यही पुस २९ गते गर्दैछ ।

सभामा बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफा र वितरणयोग्य अन्य कोषबाट हालसम्म कायम चुक्तापुँजीको कुल १२.०८ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ । बैंकले चुक्तापुँजी ५० करोड २७ हजार ३१६.७५ रुपैयाँको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार ६८२.२५ रुपैयाँबराबरको बोनस सेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७ ८ हजार ६३४.११ रुपैयाँ नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

ज्योति विकास बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा पनि पुस २९ गते गर्दैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १२ प्रतिशत बोनस सेयर अनुमोदन हुनेछ । सभामा बोनस सेयर स्वीकृत गर्ने र सोही हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्नेसम्बन्धी प्रस्ताव पनि स्वीकृत हुनेछ ।

समीट लघुवित्तको सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल २२.२ प्रतिशत लाभांश पारित हुनेछ।

संस्थाले चुक्ता पुँजी रु. २१ करोडको २१.०९ हुन आउने रु. ४ करोड ४३ लाखबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयरको कर प्रयोजनका लागि संस्थाले आफ्ना सेयरधनीहरुलाई १.११ प्रतिशतले हुन आउने रु. २३ लाख ३१ हजार ५७८.९५ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल सेवा लघुवित्तको सभा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी संस्थाले प्रस्ताव गरेको कुल २.६२ प्रतिशत लाभांश अनुमोदन हुनेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजी ६ करोडको २.५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.१२ प्रतिशतले हुन आउने नगद लाभांश छ ।

समीट र  नेपाल सेवा लघुवित्तले यही पुस २९ गते वार्षिक साधारणसभा डाकेका छन् ।