एजेन्सी । रिलिज भएको दुई हप्तापछि पनि बक्स अफिसमा फिल्म ‘जंगल बुक’ धेरै कमाउने मुभीमध्ये पहिलो नम्बरमै छ ।  समाचार एजेन्सी एपीका अनुसार डिज्नीकै नयाँ फिल्म ‘दि हन्ट्समेन : विन्टर वार’को कमाई ‘जंगल बुक’को भन्दा निकै धेरै कम छ ।  

‘जंगल बुक’प्रतिको आकर्षण र यो मुभी हेर्नेहरुको थामिनसक्नुको भीडले राम्रै मानिएको ‘दि हन्ट्समेन : विन्टर वार’लाई फिका बनाइदिएको विश्लेषकहरुले बताएका छन् ।  

‘जंगल बुक’मा क्रिस हेम्सवर्थ, शार्लिज थेरन, इमिली ब्लन्ट, जेसिका जस्टिनले काम गरेका छन् । यो फिल्म निर्माण गर्न ११.५ करोड अमेरिकी डलर अर्थात नेपाली १२१९ करोड रुपैयाँ खर्च भएको थियो ।  

यो फिल्म २०१२ मा आएको ‘स्नो ह्वाइट एण्ड दी हन्ट्समेन’को सिक्वेल हो । विश्लेषकहरुले भनेका छन् कि गर्मी मौसममा समेत फिल्म ‘जंगल बुक’ले राम्रै फिल्मी सिजन ल्याइदिएको छ ।  

अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार टिकट बिक्रीको हिसाबले हेर्दा हालसम्म यो फिल्मले ६०.८ करोड डलर अर्थात करिब ६ हजार ५ करोड नेपाली रुपैयाँ कमाइसकेको छ ।

तर ‘दि हन्ट्समेन : विन्टर वार’को कमाई २०.१ करोड अमेरिकी डलर अर्थात २१३० करोड रुपैयाँ मात्र रहेको छ ।   भारतमा ८ अप्रिलमा रिलिज भएको जंगल बुकले मंगलबारसम्ममा १ सय ५० करोड रुपैयाँ भन्दा बढी कमाइसकेको छ ।