काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले १ जिल्ला कार्यक्षेत्र भएको मातृभूमि विकास बैंक लिमिटेड र ३ जिल्ला कार्यक्षेत्र भएको कालिञ्चोक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति पश्चात टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट आइतबारदेखि विधिवत रुपमा एकीकृत कारोबार प्रारम्भ गरेको छ । 

एकीकृत कारोबारको शुभारम्भको औपचारिक उद्घाटन बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कँडेल एक समारोहका बीच गरे । 

कार्यक्रममा तीनवटा संस्थाका संचालक समितिका अध्यक्षहरु, सदस्यहरु, कार्यकारी प्रमुखहरु तथा संस्थापक शेयरधनीहरुको सहभागिता थियो । 

बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले प्राप्ति गरिएका दुवै बैंकका संचालक समितिका अध्यक्षहरु, सदस्यहरु तथा कार्यकारी प्रमुखहरुलाई उनीहरुको योगदानको कद गर्दै सम्मानपत्र प्रदान गरेका थिए । 

प्राप्ति पश्चात बैंकको चुक्ता पुंजी रु. ९१ करोड ९७ लाख पुगेको छ भने बैंकको कुल निक्षेप रु. १० अर्ब ५० करोड र कर्जा रु. ९ अर्ब २० करोड पुगेको छ । त्यसैगरी बैंकको कुल शाखा संख्या २२, एक्सटेन्सन काउन्टर–१, ए.टी.एम संख्या १२ र ग्राहक संख्या करिब १ लाख पुगेकोे छ ।