काठमाण्डौ । धितोपत्र बोर्डले दुई लघुवित्त कम्पनीलाई आइपीओ निश्कासनको अनुमति दिएको छ । 

बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेड र घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमीटेडलाई आइपीओ निश्कासनको अनुमति दिएको हो । 

भिरकोट १, बयरघारी, स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेडलाई बोर्डले ४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको हो । 

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ । 

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

यो वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा जिल्लामा बिस्तार गरिसकेको छ।

यसैगरी, बोर्डले कञ्चनपुरको बेलौरीमा रहेको घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई पनि साधारण सेयरको प्राथमिक निश्कासनका लागि अनुमति दिएको छ । 

यो कम्पनीले १ करोड ३२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति पाएको हो । यो कम्पनीले आइपीओ निश्कासनको माग गर्दै चैत १७ गते बोर्डमा आवेदन दिएको थियो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

रु. ३ करोडभन्दा कमको आइपीओलाई रेटिङ नगर्नुपर्ने छुट छ