काठमाण्डौ । कामना सेवा विकास बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ ।

यी दुवै वित्तीय संस्थाहरुले साधारणसभा तथा लभांश प्रयोजनार्थ भोलि सोमबारदेखि बुक क्लोज गर्दैछन् । दुवै संस्थाको आजसम्म कायम सेयरधनीहरुमात्र लाभांश र साधारणसभामा भाग लिन योग्य हुनेछन् । 

कामना सेवा विकास बैंक आउँदो पुस १७ गते १३ औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

यसैगरी निर्धन उत्थानले लाभांश पारित गर्न आउँदो पुस १३ गते २१ औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।

सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र १५.५३ नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।