काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई कम्पनीका झन्डै २ करोड कित्ता सेयर सूचीकृत भएका छन्।

नेप्सेमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको बोनस सेयर र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको हकप्रद गरी १ करोड ९४ लाख ५८ हजार ३६१ कित्ता सूचीकृत भएका हुन्। 

एनसीसी बैंकको १ करोड २२ लाख ७६१ कित्ता बोनस सेयर सूचीकृत भएका छन्। 

यसैगरी सूचीकृत भएका युनाइटेड इन्स्योरेन्सको ७२ लाख ५७ हजार ६०० हकप्रद सेयर रहेका छन्।