काठमाण्डौ । दुई लघुवित्त वित्तीय संस्थाहरुले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 

साधना लघुवित्त वित्तीय संस्था लिमीटेड र समाज लघुवित्त वित्तीय संस्था लिमीटेडले  आइपीओ निश्कासनका लागि आवेदन दिएका हुन् । 

साधना लघुवित्तले ७ लाख ७ हजार ८०० कित्ता आइपीओ निश्कासनका लागि बोर्डमा आवेदन दिएको छ भने समाज लघुवित्तले ८६ हजार कित्ता आइपीओ निश्कासनको माग गरेको छ । 

दुवै कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरका साधारण सेयरको प्राथमिक निश्कासन गर्न चाहेका हुन् । 

साधना लघुवित्तको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ भने समाज लघुवित्तको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ ।