काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीका बोनस सेयर बिहीबार सूचीकृत भएका छन्।

नेप्सेमा सिर्जना फाइनान्स र आरएसडीसी लघुवित्तको १४ लाख ८५ हजार ९८४ कित्ता सेयर सूचीकृत भएको हो।  सूचीकृत सेयरमा सिर्जना फाइनान्सको ११ लाख ५ हजार ८७६.८० कित्ता रहेको छ। 

त्यस्तै आरएसडीसीको ३ लाख ८० हजार १०७.२० कित्ता सेयर सूचीकृत भएको छ।