काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन पछिमात्रै सरकार विस्तार गर्ने तयारी गरेका छन् । 

संविधानसंग असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संशोधन विधेयक पास गराउन कसरत गरिरहेका प्रधानमन्त्री देउवा  संसोधन गरेपछि मात्रै मन्त्रिपरिषद विस्तार  गर्ने मनस्थिती पुगेका हुन् । 

प्रधानमन्त्री निर्वाचित भएको एक महिनापछि प्रधानमन्त्री देउवाले एक साता पछिमात्रै मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । यो खबर आजको कारोबारमा छापिएको छ ।