काठमाण्डौ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बसेको पहिलो क्याबिनेट बैठकले सरकारको प्राथमिकता तोक्दै आगामी माघ ७ गतेभित्र तीनवटै चुनाव गर्ने प्रतिबद्धता जनाएको छ । 

बैठकले असार १४ मै स्थानीय तहको दोश्रो चरणको निर्वाचन गर्ने, भूकम्पपछिको पुननिर्माणलाई निरन्तरता दिने, शान्तिसुरक्षा, सुशासन, दैनिक आवश्यकताको परिपूर्ति सहज बनाउने र संविधानका कार्यान्वयन तथा शान्ति प्रक्रियालाई पूर्णता दिने प्राथमिकता तोकेको छ । 

सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक समृद्धिलाई समेत सरकारले प्राथमिकताको सूचिमा राखेको छ । 

प्रधानमन्त्री देउवाले बुधबार पद तथा गोपनीयताको सपथ लिएका थिए । सोसँगै उनले तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय क्याबिनेट गठन गरेका छन् ।