काठमाण्डौ । देउवा सरकारको निर्णय उल्टाउँदै केपी ओली नेतृत्वको मन्त्रीपरिषदले राष्ट्रियसभा सदस्यमा ३ जनाको नाम सिफारिस गरेको छ । 

मंगलबार बिहान बसेको क्याबिनेटले डा. युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । 

क्याबिनेटको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरेपछि उनीहरु राष्ट्रियसभा सदस्य बन्नेछन् । 

यसअघि देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । सो सिफारिसलाई राष्ट्रपति कार्यालयले अनुमोदन गरेको थिएन । 

ओली सरकारको नयाँ सिफारिससँगै देउवाको नेतृत्वको सरकारको सो निर्णय रद्ध भएको छ । योसँगै सत्तासीन र प्रमुख प्रतिपक्षीबीचको सम्बन्ध खराब सुरुवात हुने देखिएको छ । कांग्रेसले यो कदमलाई असंवैधानिक बताउँदै यसको प्रतिवाद गर्ने बताएको छ । 

राष्ट्रियसभा ५९ सदस्यीय हुने संवैधानिक व्यवस्था छ । हरेक प्रदेशबाट ८ जको दरले ५६ जना निर्वाचित भइसकेका छन् भने सरकारले गरेको तीन नामको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरेपछि यसले पूर्णता पाउनेछ ।