काठमाण्डौ । जनता बैंकको बुटवल उपमहानगरपालिका वडानम्बर ११ रुपन्देहीस्थित देविनगर एक्स्टेनसन काउण्टरलाई बैशाख २ गतेदेखि शाखामा स्तरोन्नति गरी कारोबार सुरु गरिएको छ ।

वि.सं. २०६८ साल फागुनदेखि संचालनमा आएको यस एक्सटेन्सन काउण्टरलाई ग्राहकहरुको सुविधालाई मध्यनजर गरी नेपाल राष्ट्रबैंकबाट स्वीकृति लिएर शाखामा स्तरन्नोति गरिएको बैंकले जनाएको छ । 

अब यस शाखाबाट ग्राहकहरुले सहज र सरल रुपमा पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

योसँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १०७ पुगेको छ भने बैंकले ३३ शाखारहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।