काठमाण्डौ । देव विकास बैंकले साझा विकास बैंकलाई आफूमा बिलय गर्ने प्रस्ताव पारित गर्न भदौ १ गते विशेष साधारणसभा बोलाएको छ । यस्तै, साझा विकास बैंकले पनि सो प्रस्ताव पारित गर्न सोही दिन नै वार्षिक साधारणसभा बोलाएको छ ।

१० करोड रुपैंया चुक्ता पूँजी रहेको साझालाई एक बराबर एकको अनुपातमा सेयर आदानप्रदान गर्ने प्रस्ताव साधारणसभाले पारित गर्दैछ । देवले गत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद तथा अघिल्लो आर्थिक वर्षमा १४ प्रतिशत बोनस बितरण गरेको थियो ।

आफैं चुक्ता पूँजी अढाई अर्ब पुर्याउने क्रममा रहेको देवले यसअघि युनियन फाइनान्सलाई आफूमा बिलय गर्न विशेष साधारणसभा बोलाएको थियो । उक्त साधारणसभाबाट बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गरेर चुक्तापूँजी अढाई अर्ब पुर्याउने निर्णय गरेको थियो ।