काठमाण्डौ । देवः विकास बैंक लिमीटेडले ५.५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । 

बैंकको बिहीबार साँझ बसेको संचालक समितिको २७२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को  वितरणयोग्य मुनाफाबाट हालको चुक्तापूँजीको ५.५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २ अर्ब ६८ करोडको हाराहारीमा पुग्नेछ । 

घोषित बोनस सेयर नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र आगामी  वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।