काठमाण्डौ । देवः विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ। 

सम्झौता अनुसार देवः विकास बैंक लिमिटेडले देशभर रहेका आफ्ना ४७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गर्दै काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल,कोहलपुर,सुर्खेत, दाङ्ग, धनगढी, बिर्तामोड, वानेश्वर, पेप्सीकोला, ललितपुर, कलंकी, हात्तीगौडा, चाबहिल र सामाखुशीबाट कारोबार प्रारम्भ गरिसकेको छ ।

सम्झौतामा देवः विकासबैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे ।