काठमाण्डौ । देवः विकास बैंक लि. १३औं बर्ष पूरा गरी १४औं बर्षमा प्रवेश गरेको शुभ अवसरमा आयोजित रक्तदान कार्यक्रम बैंकको केन्द्रिय कार्यालय, लालदरबारमा सम्पन्न भयो ।

नेपाल रेडक्रस सोसाइटीको सहयोग एवं ब्लड डोनर्स एशोसियशन नेपाल,काठमाडौं जिल्लाको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा ७० जना भन्दा बढी रक्तदाताहरुको सहभागिता जनाउनु भएको छ । बैंकका कर्मचारीहरु लगायत स्थानीय स्वय्मसेवी रक्तदाताहरुको समेत उत्साहजनक सहभागिता रहेको यस प्रकारका कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिइने बैंकले जनाएको छ । 

यसै गरी सोही अवसरमा बैंकको पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकका कर्मचारीहरुका सथासाथै  विद्यार्थीहरु, भक्तजनहरु एवं स्थानीय गन्यमान्य व्यक्तिहरुको समेत उपस्थितिमा स्थानीय घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरुलाई दैनिक आवश्यक खाद्यान्न वितरण गरिएको  छ ।