काठमाण्डौ । वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको देवः विकास बैंक लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १८.५३ प्रतिशतले बढेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष बैंकले खुद नाफा ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २ करोड ७९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ८ करोड ५२ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा ७ करोड ३३ लाख रुपैयाँ रहेको थियो । 

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानी २६ करोड ७१ लाख रुपैयाँ गरेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी १८ करोड १९ लाख रुपैयाँ रहेको थियो । यसले बैंकको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

बैंकले समीक्षा अवधिमा २१ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६३ लाख रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले २१ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार २१.६० प्रतिशतले घटेर ३८ करोड ९ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । गत वर्ष रिजर्भको आकार ४८ करोड ५९ लाख रुपैयाँ नै थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७.५१ रुपैयाँ रहेको छ । बैंकको पीई अनुपात १६.९१ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६.०३ रुपैयाँ रहेको छ ।