काठमाण्डौ । सफलता रातारात त्यसै प्राप्त हुँदैन । यसका लागि आफ्नो दैनिक रुटिनमा केही काम अनिवार्य रुपमा समेट्नुपर्ने हुन्छ । यदि तपाई धेरै नै व्यस्त हुनुहुन्छ भने पनि यी कामहरुका लागि समय निकाल्नैपर्छ । होइन भने तपाईको धनी बन्ने सपना अधूरै रहनेछ । 

विश्वका ठूला धनीको सूचिमा परेका एलन मास्क, ओपरा विनफ्रे मात्र होइन, गुगलदेखि फेसबुक जस्ता सफल कम्पनीका सीइओ पनि सफलतालाई एउटा प्रक्रिया मान्दछन्, जसका लागि निश्चित समय लाग्छ । 

सिएनबिसीमा प्रकाशित एक रिपोर्टका अनुसार धनी बन्नका लागि तपाईले ६ वटा काम सधैं गर्नुपर्ने हुन्छ ।

हेरौं ती कामहरु के के हुन्:

१. विशेष पुस्तक पढ्नुहोस्
जीवन केही फरक ढंगले बुझ्ने एउटा राम्रो तरिका हो पुस्तक पढ्नु । यसबाट प्रभावशाली नेतृत्वकर्ता बन्न आवश्यक संवेदनाको विकास हुन्छ । यस्तै, आफ्नो विशेषज्ञता भन्दा फरक क्षेत्रको विषयमा जानकारी बढाउने समेत यो एउटा उत्तम उपाय हो । यहीकारण धनाढ्य एलन मस्क साइन्स फिक्सनसँगै मानिसहरुको आत्मकथा समेत पढ्ने गर्छन् । मस्कले एक अन्तर्वार्तामा भनेका थिए–‘म पुस्तकसँगै हुर्किएको हुँ । किताबहरु र मेरा बुबाआमाको मेरो जीवनमा विशेष प्रभाव रहेको छ ।’ 

२. पसिना निकाल्नुहोस् वा साहसी बन्नुहोस्
यहाँ हामीले व्यायाम वा योग गर्ने कुरा गरिरहेका छैनौ । बरु आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किने साहास देखाउने कुरा गरिरहेका छौ । अन्यथा तपाई आफ्नो जीवनमा धेरै अगाडिसम्म पुग्न सक्नुहुन्न । यदि तपाई मानिसहरुको बीचमा बोल्न नपरोस् भन्ने चाहनुहुन्छ वा बोल्नै चाहनुहुन्न भने अर्को भेटमा सबैभन्दा पहिला तपाई नै आफ्नो कुरा राख्ने गर्नुहोस् । यस्तो काममा तपाईमा अन्यौल हुनसक्ला, तर हिचकिचाहटसँगै पसिना निस्किनेबित्तिकै ती सबै अन्यौल अन्त हुन्छन् । कुनै पनि तरिकाले यस्तै आँट देखाउनुहोस्, अगाडिका सबै यात्रा सफल हुनेछन् । किनभने डर र ग्रोथ(विकास) सँगसँगै हिँड्नै सक्दैनन् । 

३.व्यायाम गर्नुहोस्
धनी मानिसहरुको विषयमा ५ वर्षसम्म गरिएको एक अध्ययनमा लेखक टम कोर्लेले यस्तो भेटे कि व्यायाम यस्तो काम थियो, जुन लगभग सबै धनी व्यक्ति गर्ने गर्छन् । उनले आफ्नो ब्लगमा लेखेका छन्–‘नियमित व्यायाम गर्नुपर्ने मानिसहरु प्रतिस्पर्धामा अरुमाथि निकै अगाडि देखिने रहेछन् ।’ त्यस्ता मानिसहरुको आइक्यू, इच्छाशक्ति तथा आत्मविश्वास अरुभन्दा धेरै हुन्छ र यस्ता मानिसहरुमा अरुको तुलनामा इनर्जी पनि २० प्रतिशत बढी हुन्छ । यहीकारण ओपरा विनफ्रे, रिचर्ड बेन्सन लगायतका सेल्फमेड अर्बपतिहरु नियमित व्यायाम गर्छन् ।

४.समाजलाई नछाड्नुहोस्
एक्लो हिरो यसकारण सफल भयो, किनभने उसले आफ्नै दमले आफूलाई अगाडि बढायो । तपाई पनि एकल दमबाट मात्र सफल भइन्छ भनेर यस्तो सोच्नुहुन्छ भने त्यो गलत हो । किनभने सफल मानिसले समाजलाई समेत केही गर्नुपर्छ भन्ने कुराको महत्व राम्रोसँग बुझेका छन् । समाजबाटै लिएर समाजलाई दिने कुरामा उनीहरु सजग हुन्छन् । सन् २०१० मा बिल गेट्स र मेलिण्डा गेट्स तथा वारेन बफेटले गिभिङ प्लेजको सुरुवात गरे, जुन धनी तथा तिनका परिवारको आधा सम्पत्ति गरीबी उन्मुलन र वैश्विक स्वास्थ्यका लागि दान दिने एक प्रतिबद्धता थियो । 

५.आफ्ना प्रतिस्पर्धीलाई सधैं सम्झनुहोस्
चर्चित खेलाडी माइकल जोर्डनले एकपटक भनेका थिए रे–‘चाहे प्राक्टिस होस् या म्याच चलिरहेको होस्, म सधैं जितका लागि खेल्छु। म आफ्नो बाटोमा वा मेरो जितको उत्साह भन्दा अगाडि आउनेवाला कुनै पनि व्यक्तिलाई छाड्ने छैन । आफ्नो कडा मेहेनतका कारण उनी इतिहासका सबैभन्दा महङ्गा एथलेटिक खेलाडी बन्न सफल समेत भए ।’

६. बाहिर निस्कनुहोस् र सोच्नुहोस्
हामी सधैं आफ्नो मोवाइलमा लामो समय बिताउँछौ । तर, कहिल्यै पनि संसारका कति मानिसले मोवाइल मात्र चलाउने बानीलाई त्याग्न सकेका होलान् भन्ने जस्तो विषयमा कहिल्यै सोच्दैनौ, कुरा गर्दैनौ । त्यसकारण कहिलेकाही मोवाइललाई छाड्नुहोस्, बाहिर निस्कनुहोस्, टहलिनुस र केही फरक सोच्ने प्रयास गर्नुहोस् । 

अमेरिक साइक्लोजी एसोसिएसनले आफ्नो एक अध्ययनमा बाहिर घुम्दा सिर्जनशिलता बढ्ने र समस्या समाधानको क्षमतामा पनि सुधार हुने निश्कर्ष निकालेको छ । 

मार्क जुकरबर्ग, रिचर्ड ब्रेन्सन, गुगल वा लिङ्क्डइनका सीइओ उभिएर बैठक गर्न मन पराउँछन् । यस्तो प्रक्रियाले ब्रेनस्टार्मिङ कन्सेप्टलाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।