काठमाण्डौ । यदि तपाईलाई विश्वकै धनी व्यक्तिले विजिनेश टिप्स दिन्छन् भने तपाईलाई त्यो निकै काम लाग्नसक्छ । इ–कमर्स क्षेत्रको विश्वकै ठूलो कम्पनी ‘अमेजन’का मालिक जेफ बेजोसले व्यापारसँग जोडिने केही महत्वपूर्ण कामहरुको विषयमा बताएका छन् । 

अमेजनका संस्थापक तथा सीइओ समेत रहेका बेजोसले कम्पनीको एक सम्मेलनको दौरान विजिनेशमा सफलता प्राप्त गर्ने मन्त्र दिएका हुन् । उनले कोही व्यक्ति कसरी स्मार्ट विजिनेश पर्सन हुनसक्छ भन्ने बिषयमा समेत सूत्र बताएका छन् । 

सम्मेलनमा सहभागीसँग भनेका छन्–‘तपाईले सोचिरहनुपर्छ कि उनी(आफ्ना ग्राहक)हरुलाई तपाई कसरी खुशी बनाउन सक्नुहुन्छ ।’
उनले अगाडि भनेका छन्–‘अमेजनमा अहिले पनि हामी प्रत्येक पल जोखिम उठाइरहेका हुन्छौ ।’

बोल्ड कदम
बेजोसका अनुसार व्यवसायीले कुनै पनि संभावित असफलताका लागि आफूलाई पहिलादेखि नै तयार राख्नुपर्छ । एउटा असफलताकै कारण हच्किने होइन कि बरु अगाडि बढ्नका लागि बोल्ड कदम उठाउन सक्नुपर्छ । बेजोसले भनेका छन्–‘तपाईको विजिनेश कतिपय अर्थमा एउटा प्रयोगजस्तो मात्र हो भन्ने बिषयलाई तपाईले स्वीकार गर्नुपर्छ । विजिनेश गर्ने क्रममा मानिसहरु असफल हुन्छन्, तर यो चिन्तालाई छाडेर यसलाई सामान्य चक्रको रुपमा लिनुपर्दछ ।’ 

बेजोसले विजिनेश त्यसबेला सुरु गर्न भनेका छन् जुन बेला तपाईलाई आफैंप्रति पूर्ण भरोसा होस् । उनले अगाडि भनेका छन्–‘तपाईभित्र विजिनेश गर्ने क्षेत्रका लागि स्पष्ट लक्ष्य र प्रेम हुन आवश्यक हुन्छ । तपाईले विकसित गर्न खोजेको कुरा र काम गर्न खोजिरहेको क्षेत्र बुझेको हुनुपर्छ, तपाई त्यसमा रमाउनसक्ने हुनुपर्छ । अन्यथा, तपाइको प्रतिस्पर्धा त्यस्ता व्यक्तिसँग हुन्छ, जोसँग त्यही क्षेत्रका लागि स्पष्ट लक्ष्य र प्रेम छ, जसले तपाईभन्दा राम्रो उत्पादन वा सेवा दिनसक्ने हैसियत राख्छन् ।’ 

बेजोसले स्टार्टअपहरुका लागि समेत सुझाव दिएका छन् । उनका अनुसार आफ्ना टिमका साथीहरुलाई जोखिम उठाउन र ग्राहकहरुका लागि इमानदार, स्पष्ट बन्न प्रेरित गरिरहनुपर्छ । उनले भनेका छन्–‘म कुनै पनि प्याटर्नको पत्ता लगाइसकेका सही मानिसहरुको निरीक्षण गर्छु । जो सही हुन्छ, उनीहरु धेरै कुरा सुन्छन् पनि । त्यस्ता मानिसहरुले आफ्नो विचार समेत बदलिन तयार हुन्छन्, जुन निकै रोचक पनि हुन्छ ।’ 

बेसबलको उदाहरण दिएर सम्झाए
बेजोसले मानिसहरुसँग कुरा गर्दै बेसबलको उदाहरण समेत पेश गरे । उनले भनेका छन् कि बेसबलमा होम रन लिनका लागि खेलाडीले ब्याटलाई निकै धेरै घुमाइरहेको हुन्छ, यसका लागि उसले निकै मेहेनत गर्नुपर्ने हुन्छ । त्यसपछि उनले बिजिनेश र बेसबलबीचको फरक समेत बताएका छन् । उनले भनेका छन् कि बेसबलमा त्यति धेरै मेहेनतपछि तपाईमा बढीभन्दा बढी ४ रन प्राप्त हुन्छ, तर विजिनेशमा सफलता मिलेपछि मान्नुहोस् तपाईलाई एकैपटक १ हजार रन प्राप्त हुन्छ । 

बेजोसले अमेजन कम्पनीको स्थापना सन् १९९४ मा गरेका थिए । आजको दिन यो कम्पनी विश्वकै एक चर्चित ब्राण्ड समेत हो । बेजोस अमेजन ग्रुपको १५ बढी कम्पनीका मालिक समेत हुन् । यसबाहेक उनीसँग एक अखबार(द वासिङ्टन पोस्ट), एक रकेट कम्पनी, कुपन तथा ग्रोसरीको वेबसाइट समेत रहेको छ । 

मिडिया रिपोर्टका अनुसार जेफ बेजोस पछिल्लो एक वर्षदेखि प्रत्येक दिन ६८८ करोड रुपैयाँ कमाउँदै आएका छन् ।