काठमाण्डौ । पशु दाना उद्योगमा अग्रणी कम्पनी ‘निम्बस’ अब दैनिक उपभोग्य खाद्य सामाग्रीको उत्पादन र त्यसको बजार प्रबद्र्धन तथा बिक्रीवितरणमा पनि अग्रसर हुने भएको छ । 

त्यसका लागि निम्बसले आफ्ना उत्पादनलाई १ सयवटा डिस्ट्रिब्युटरमार्फत ४०जिल्लामा पुर्याएको छ । 

निम्बसका सबै खाने तेलले अन्तर्राष्ट्रिय गुणस्तर संगठनबाट आइएसओ २२००० : २००५९(HACCP) खाद्यसुरक्षाको मापक प्रमाणपत्र प्राप्त गरेका छन् । HACCP प्रमाणपत्र प्राप्त उद्योगबाट उत्पादित उत्पादन खाद्य सुरक्षा र सुरक्षित उत्पादन प्रक्रिया अपनाएर गरिएको हुनाले उपभोक्ताको स्वास्थ्यका लागि सुरक्षित मानिन्छ । यसअघि निम्बसकै व्यञ्जन तेलले नेपाल गुणस्तर प्रमाणप्रत्र पनि प्राप्त गरेको थियो । 

हाल कम्पनीले व्यञ्जन र सुनौलो किरण ब्राण्डमा गुणस्तरीय खाने तेल उत्पादन गर्छ । जसअन्तर्गत सुर्यमुखी, तोरी, भटमास तेल उत्पादन हुन्छन् । 

यस्तै, प्रोबायोटेकले नै भटमासको मस्यौरा, आटा, सुजी, दाल, मैदा आदि उत्पादन पनि चाँडै नै बजारमा ल्याउने तयारी गरिरहेको छ । 

उत्पादित बस्तु नेपालमा मात्र नभई भारत लगायत अन्य देशहरुमा पनि निर्यात गर्ने कम्पनीको लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

स्वीडिस प्रबिधिको रिफाइनरीमा आधारित नेपालकै उत्कृष्ट औद्योगिक कारखाना स्थापना गरेको कम्पनीले गुणस्तरको सवालमा उपभोक्तालाई विश्वस्त तुल्याउने थुप्रै प्रामाणिक आधार तय गरेको छ । जसका कारण उपभोक्ताले विश्वस्त भएर निम्बसका खाने तेलहरु उपभोग गर्न सकिने बताइएको छ । 

उत्पादित खाद्य सामाग्रीको गुणस्तर मापनका लागि निम्बसको आफ्नै प्रयोगशाला संचालनमा छ । यसका अतिरिक्त कम्पनीले नेपाल सरकार खाद्य प्रयोगशालाका साथै विदेशी खाद्य प्रयोगशालामा समेत गुणस्तर परीक्षण गराउँदै आएको छ । कम्पनीमा योग्य खाद्य विज्ञहरु कार्यरत रहेकाले गुणस्तरको सवालमा उपभोक्ताले चिन्ता लिन नपर्ने कम्पनीको दाबी छ । खाद्य विज्ञहरुको उत्कृष्ट टिम नै गुणस्तरीय खाद्य सामाग्रीका उत्पादनका लागि सक्रिय छन् ।