काठमाण्डौ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लक्ष्मी बैंक लिमिटेडले आफ्नो छैटौँ र सातौँ एक्स्टेन्सन काउन्टर दोलखा जिल्लामा सञ्चालनमा ल्याएको छ।

बैंकले छैटौँ एक्स्टेन्सन काउन्टर दोलखाको तामाकोशी गाउँपालिका वडा नं. ३ जाफेमा र सातौँ एक्स्टेन्सन काउन्टर कालिञ्चोक गाउँपालिका वडा नं. ८ सुनखानीमा सञ्चालनमा ल्याएको हो। 

यी दुवै नयाँ एक्स्टेन्सन काउन्टरका स्थापनाका साथै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्स्टेन्सन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेका छन्।