काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडको आइपीओमा दोश्रो दिन शुक्रबारसम्म १४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।

कुल १९ हजार ३५ आवेदकबाट १४ लाख ३० हजार कित्ता खरीदका लागि आवेदन परेको हो । 

यो कम्पनीले यसअघि आयोजना प्रभावित म्याग्दी जिल्लाबासीका लागि निश्कासन गरी बिक्री नभएको ४ लाख ५५ हजार ७ सय ७० कित्ता समेत थपेर बिहीबारदेखि सर्वसाधारणका लागि १५ लाख ३३ हजार ७ सय ७० कित्ता सेयर निश्कासन गरेको हो । 

दोश्रो दिनसम्म कम्पनीले निश्कासन गरेकोमध्ये ९३ प्रतिशत बढी सेयर बिक्री भएको छ ।

यो कम्पनीले यसअघि असार २२ देखि साउन २० गतेसम्म आयोजना प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि आइपीओ निश्कासन गरेको थियो । सो क्रममा ९४ हजार २ सय ३० कित्ता सेयरका लाग मात्र आवेदन परेको थियो । 

सर्वसाधारणका लागि खुल्ला हुने आइपीओमा छिटोमा पुस २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ । 

कम्पनीले इच्छुक लगानीकर्तालाई न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

सीआस्वा सेवा संचालनको अनुमति पाएका जुनसुकै बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट इच्छुकले आइपीओका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणका लागि आइपीओ निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ५५ करोडको उचाईमा पुग्नेछ।

घलेम्दी हाइड्रो लिमीटेडले म्याग्दीको नरच्याङ गाउँपालिका वडानम्बर ७ मा ४ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको प्रति मेगावाट लागत २३ करोड रहेको छ ।