काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्राइम कमर्सियल बैंकले १ अर्ब बढी खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.९१ प्रतिशतले खूद नाफा बढाउँदै १ अर्ब ६ करोडको उचाईमा पुर्याएको छ । अघिल्लो वर्षको बैंकको खूद नाफा ७९ करोड २२ लाखमा सीमित थियो । 

बैंकको वितरणयोग्य मुनाफा ९३ करोड ४२ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा ७१ करोड ५१ लाखमा सीमित थियो । 

बैंकले संचालन मुनाफामा समेत ३९.५२ प्रतिशतको फड्को हानेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ८ करोडमा सीमित यस्तो मुनाफा बढेर १ अर्ब ५१ करोडको उचाईमा पुगेको हो । 

बैंकको खूद ब्याज आम्दानी ५२.२४ प्रतिशतले बढेर १ अर्ब ७७ करोडको उचाई चुमाएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब १६ करोडमा सीमित थियो ।

समीक्षा अवधिमा बैंकले ७६ अर्ब ७२ करोड निक्षेप संकलन गरी ७२ अर्ब ६० करोड बढी कर्जा परिचालन गरेको छ । बैंकले ७.९७ प्रतिशतले निक्षेप बढाएको छ भने १५.२० प्रतिशतले कर्जा बिस्तार गरेको छ । 

अघिल्लो वर्ष ३ अर्ब ९९ करोडमा सीमित रिजर्बमा सामान्य बढोत्तरी भई यो वर्ष ४ अर्ब  २२ करोड पुगेको छ। 

बैंक व्यवस्थापनले खराब कर्जालाई नियन्त्रण राख्न नसकेको देखिएको छ । अघिल्लो वर्ष १.४३ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर १.५८ प्रतिशत पुगेको छ । 

वार्षिकीकृत प्रतिसेयर आम्दानी २६.४१ रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यस्तो आम्दानी २५.०५ रुपैयाँ थियो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५२.५५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.४२ गुणा, बेस रेट १०.१७ प्रतिशत कायम भएको छ ।