काठमाण्डौ । सरकारले स्थानीय निकायको दोश्रो चरणको निर्वाचन पुनः सार्ने निर्णय गरेको छ । अघिल्लोपटक जेठ ३१ गतेको निर्वाचनलाई असार ९ गते गर्ने निर्णय भएकोमा त्यसमा समेत संसोधन गरी असार १४ गते निर्वाचन गर्ने निर्णय भएको हो । 

बुधबार बिहान बसेको कामचलाउ सरकारले निर्वाचनको मिति असार १४ गतेका लागि सार्ने निर्णय गरेको हो । 

असार ९ गते मुस्लिम समुदायको पर्व परेको भन्दै चुनावलाई ५ दिन पछि सारिएको हो । सरकारको यो कदमलाई धेरै सामाजिक सञ्जालमा आलोचना समेत गरेका छन् । कतिपयले असार १४ गते मध्य रोपाईको मौसम पर्ने भन्दै यही बाहानामा सरकारले फेरि निर्वाचन सार्यो भने अचम्म नमान्दा हुन्छ भन्दै सामाजिक सञ्जालहरुमा टिप्पणी गरिरहेका छन् । 

प्रदेश नम्बर १, २, ५ र ७ मा दोश्रो चरणको निर्वाचन हुनेछ । पहिलो चरण अन्तर्गतको निर्वाचन बैशाख ३१ गते सम्पन्न भइसकेको छ ।