काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले खुद नाफामा ४३.२८ प्रतिशतको छलाङ मारेको छ । दोस्रो त्रैमासमा बैंकले ५ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्ष यही अवधिमा ३ करोड ८२ लाख रुपैयाँमा सीमित थियो ।

दोस्रो त्रैमासमा बैंकले वितरणयोग्य मुनाफा ३ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले समीक्षा अवधिमा ७ करोड ८१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ५ करोड ४५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

त्यस्तै दोस्रो त्रैमास बैंकले ६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ६ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकले ४ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ४ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले रिजर्भको आकार १८.९८ प्रतिशतले बढाएको छ । गत वर्ष १४ करोड २३ लाख रुपैयाँ रहेको रिभर्जमा यो वर्ष बढेर १६ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २८.५५. रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात १०.१२ रहेको छ ।