काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा १०१.७१ प्रतिशतले बढाउन सफल भएको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म ३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा १ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

बैंकले दोस्रो त्रैमाससम्म २ करोड ४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले सञ्चालन मुनाफाबापत ४ करोड २५ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा बैंकको सञ्चालन मुनाफा २ करोड १५ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ११ करोड ८ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५ करोड ९४ लाख रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसायिक विस्तार आक्रामक देखाउँछ ।

दोस्रो त्रैमासमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले २ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

गत वर्ष ८ करोड ९९ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा बढेर ९ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

वार्षिकीकृत बैंकको प्रतिसेयर आम्दानी ७.७३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १७.८६ रहेको छ ।