काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकोछ। 

बैंकको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ७३ करोड ९८ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म बैंकले ५२ करोड ५२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। 

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ५ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको थियो। 

त्यस्तै समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

बैंकले ६३ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ६५ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

बैंकले रिजर्भको आकार २६.१४ प्रतिशतले घटाएको छ। गत वर्ष ३ अर्ब ४९ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा घटेर २ अर्ब ५८ करोड रुपैयाँमा सीमित बनेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८.६० रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) भने ११.७८ गुणा रहेको छ।