काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार झन्डै ९ लाख कित्ता सेयर थपिएको छ ।

रिलायन्स फाइनान्स लिमिटेडको रु. १०० अंकित ८ लाख ९१ हजार ८७४.३५ कित्ता बोनस सेयर कारोबारमा आएको छ । नेप्सेले बिहीबार रिलायन्स फाइनान्सको उक्त परिमाणको बोनस सूचीकृत गरेपछि कारोबारमा आएको हो ।

बोनस सेयर सूचीकृत भएसँगै रिलायन्स फाइनान्सको ८३ लाख २४ हजार १६२ कित्ता कारोबारमा आएको छ । यसअघि रिलायन्स फाइनान्सको ७४ लाख ३२ हजार २८८ कित्ता सेयर कारोबारमा थियो।