काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

फाइनान्सको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत आर्थिक वर्षको तुलनामा खुद नाफामा छलाङ मारेको छ । गत आर्थिक वर्षमा संस्थाले ६५ लाख २९ हजार रुपैयाँमात्र खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको वितरणयोग्य मुनाफा ९ करोड ३१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा संस्थाले ६ करोड ५४ लाख रुपैयाँ सञ्चालनमा मुनाफा आर्जन गरेको छ । जब कि गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ९४ लाख ५२ हजार रुपैयाँमा समीति थियो । 

त्यस्तै संस्थाले खुद ब्याज आम्दानी भने ६ करोड ७१ लाख रुपैयाँ गरेको छ । सोही अवधिमा गत वर्ष संस्थाले ५ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा ५ अर्ब ४० करोड निक्षेप संकलन गरी ५ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ४ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले रिजर्भको आकार भने ३९.९३ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको यही अवधिमा ११ करोड ६८ लाख रुपैयाँ रहेको रिभर्जमा समीक्षा अवधिमा बढेर १६ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३५.०५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४.८२ रहेको छ