काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा प्रगति गर्दै एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक छलाङ मारेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले ४ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्ष १ करोड २ लाख रुपैयाँमा सीमित थियो । अर्थात संस्था गत वर्षको तुलनामा ३७५.३१ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो ।

संस्थाले समीक्षा अवधिमा ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ करोड ५६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

त्यस्तै दोस्रो त्रैमास संस्थाले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ८ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यसले संस्थाको व्यवसायिक विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा संस्थाले  १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ८६ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले रिजर्भको आकार ८१.३० प्रतिशतले बढाएको छ । गत वर्ष ९ करोड ७० लाख रुपैयाँ रहेको रिभर्जमा यो वर्ष बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमासमा संस्थाको चुक्तापुँजी २१ करोड ६ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष यही अवधिमा १६ करोड २० लाख रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४६.६० रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात १७.१७ रहेको छ ।