काठमाण्डौ । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजारमा पुनः बुलिस टेण्ड देखिएको छ । बजारमा दोहोरो अंकको उछाल आई ११.६१ अंकले वृद्धि भएर नेप्सले पुनः नयाँ उचाईं कायम गरेको छ । 
 

नेप्से परिसूचक बिहीबार १३५७.१४ अंकको नयाँ विन्दूमा पुगेको हो । बजारमा उछाल आउँदा बिमा समूहको परिसूचक भने ४३.३२ अंकको गिरावट देखियो । बिहीबार बजार खुल्दा नेप्से १३४५.५९ अंकमा सीमित थियो । 
 

बिहीबार १३ लाख ३५ हजार कित्ता शेयर ३ हजार ९ सय ५८ वटा कारोबारबाट खरीदबिक्री हुँदा बजारमा ८४ करोड ४५ लाख रुपैयाँ पूँजी परिचालन भयो । 
 

बिहीबार बजारमा उछाल आउनुमा बैंकिङ समूहको विशेष योगदान रह्यो । बैंकिंग समूहको परिसुचक १८ अंकले उकालो लाग्यो । 
 

बिहीबार सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः २.९२ र ०.७६ अंकले उकालो लागे । हाइडोपावर, फाइनान्स र बिमा समूह बाहेक सबै समूहको सूचक हरियो भएको थियो ।