काठमाण्डौ । डेनिस बियर ब्राण्ड टुबोर्गले यस वर्षका लागि आफ्नो टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ । 

यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेन्स्मोकर्स्’ को साथमा सहकार्य गरी देशभरका संगीतप्रेमीहरुलाई नयाँ संगीत पेश गरिनेछ ।

हालै विश्वव्यापी प्रचलित कलाकारहरुमध्ये एक रहेका ‘द चेन्स्मोकर्स्’ टुबोर्ग ओपनको साथमा नेपालको लोकप्रिय फोल्क्–रक ब्याण्ड 1974 AD सँग सांगीतिक सहकार्य गर्दै संगीतप्रेमीहरुलाई यस अभियानतर्फ प्रोत्साहित गर्दैछन् ।

निर्माता जोडी, एलेक्स् पाल र ड्रिउ टग्गार्ट समावेश रहेको ‘द चेन्स्मोकर्स्’ ले २०१६ मा ‘दया’ सँगको ‘डोन्ट् लेट् मी डाउन्’ र ‘हेल्से’ सँगको ‘क्लोजर्’ जस्ता हिटहरुबाट विश्वव्यापी ख्याति प्राप्त गरे । डिसेम्बर २०१८ मा ‘द चेन्स्मोकर्स्’ ले ‘सिक् बोई’ एल्बम् रिलिज गरे, जसले हालसम्म १ अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको छ ।

एलेक्स् पालले 1974 AD सँग काम गर्ने उत्सुकता जनाउँदै भने, “त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्न पाउने थाहा पाउँदा हामी साह्रै उत्सुक छौं । यस प्रोजेक्टको मुख्य लक्ष्य पनि यही हो ।”

उनले थपे, “टुबोर्गले विश्वको दुई कुनामा रहेका कलाकारहरुलाई जोड्न सफल बनाईरहेको छ, नत्र भने हामी दुवैलाई एकअर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो । साथै, अब हामी नेपाल आउँदा घुलमिल गर्न पनि साथी पाउने भयौं ।”

टुबोर्ग ओपनले विश्वभर विभिन्न संस्कृति र पृष्ठभूमि रहेका कलाकारहरु साथमा जोड्दै संगीतको माध्यमबाट मानिसहरुलाई ‘ओपन टु मोर’ रहन प्रोत्साहित गर्दछ ।

प्रोजेक्टबारे आफ्नो धारणा राख्दै ड्रिउ टग्गार्टले भने, “हामी सधैँ विश्वभरका अरु सिर्जनशील कलाकारहरुसँग काम गर्न नयाँ तरिकाहरु खोजिरहेका हुन्छौं । हामीले धेरै सांगीतिक सहकार्यहरु गरेका छौं, हाम्रो आफ्नै गीतहरुसँग हामीले ३० वटा भन्दा बढी सहकार्यहरु गरेका छौं र त्यो प्रक्रियाले हामीलाई धेरै सिकाएको छ । यसप्रकारको अवसर अरु कलाकारहरुलाई दिनु सधैँ हाम्रो लागी महत्वपूर्ण रहेको छ ।”

1974 AD भन्छन्, “यो हाम्रो लागी पूर्ण रुपमा नयाँ अनुभव रहेको छ र हामीलाई लाग्छ कि हामीले आफुलाई हाम्रो शैली भन्दा बाहिरको सोच्न जोड दिएका छौं  । ‘द चेनस्मोकर्स्’ सँग सहकार्य गर्न पाउनु हाम्रो लागीे निकै राम्रो अवसर हो र हामी निश्चित छौं कि यो सहकार्यको नतिजा सुन्दा हाम्रो दर्शकहरु खुसी हुनुहुनेछ । संगीतकारको रुपमा, हामीलाई संगीत बनाउन र विभिन्न कलाकारहरुसँग काम गर्न मनपर्छ र यो सम्भव पार्नका लागी हामी टुबोर्गलाई धन्यवाद दिन चाहन्छौँ । हामी सबै गीत रिलिजको प्रतिक्षामा छौँ ।”