काठमाण्डौ। धनकुटा जिल्लाबाट प्रदेश १ की सांसद कुसुमकुमारी श्रेष्ठलाई बुधबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ।

सुनसरी इटहरीकी श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि गत साउन २० गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। रिपोर्ट आज पोजेटिभ आएको हो। श्रेष्ठको अवस्था सामान्य छ। 

प्रदेश १ पहिलोपटक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो।