काठमाण्डौ । 'हिरोको खेल पछि मात्र हुन्छ' भनेजस्तो सुरुवातमा झापाका सबै स्थानीय तहमा पछाडि परेको एमालेले एकाएक आफ्नो जादू देखाउँदै सबै नगरपालिकामा अग्रता लिएको छ । 

प्रदेश नम्बर १ को पहाडी जिल्ला धनकुटामा क्लीन स्वीप गरेको एमालेले झापाको नगरपालिकाको प्रमुख पदमा समेत एकलौटी जित हात पार्ने संभावना बढेको छ । 

एमालेले झापाका ८ वटै नगरपालिकामा अग्रता लिएको हो । झापाका एमाले पकड क्षेत्र मानिएका भद्रपुर, मेची, दमक, कन्काई, गौरादह, बिर्तामोड, अर्जुनधारा, शिव सताक्षी नगरपालिकामा एमालेले शानदार बाउन्स ब्याक गरेको छ । 

कुन नगरपालिकामा कसको कति मत आयो ? हेरौं :

बिर्तामोड नगरपालिका
मेयर/उपमेयर
एमाले २५१४/२८८३ 
कांग्रेस २१८१/२६०५ 
राप्रपा १६५०/९९३ 

शिवसताक्षी नगरपालिका 

मेयर/उपमेयर

एमाले २७४५/२६१७
कांग्रेस १७०९/१७६० 
माओवादी ८१९/८७०

कनकाई नगरपालिका  
मेयर/उपमेयर
कांग्रेसः २९५६/३०२२ 
एमालेः ३८३६/१६४६ 
माओवादी केन्द्रः २७२/३८० 

भद्रपुर नगरपालिका 
मेयर/उपमेयर
एमालेः २८४२/२९६६ 
नेपाली कंग्रेसः १९३६/१७९७ 
माओवादी केन्द्रः १८११/१४३७ 

गौरादह नगरपालिका 
मेयर/उपमेयर 
कांग्रेस ३४८७/२८६१
एमाले ३६१०/४०३६
माओवादी १३४९/१३०२

मेची नगरपालिका
मेयर 
एमाले ३९९५ 
कांग्रेस २८८४

दमक नगरपालिका
मेयर
एमाले : ७३८
राप्रपा : ७२३
कांग्रेस : ३८५
माओवादी : ४३५

अर्जुनधारा नगरपालिका
मेयर/उपमेयर
एमाले २९५५/२८१३
कांग्रेस १९०२/२०४९