काठमाण्डौ । राप्रपाका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्व. सूूर्यबहादुर थापाले लामो समयसम्म राज गरेको धनकुटामा एमालेले ‘क्लीन स्वीप’ गरिदिने देखिएको छ । 

यो जिल्लाको ७ स्थानीय तहमध्ये एमालेले ५ तहमा शानदार जित हासिल गरिसकेको छ भने बाँकी २ स्थानमा समेत उसको अग्रता कायमै छ । 

पछिल्लोपटक धनकुटा नगरपालिकामा एमालेका मेयर उम्मेद्वार चिन्तन तामाङ र उपमेयर उम्मेद्वार सकुन्तला वस्नेत विजयी भएका छन् । मेयरमा बिजयी तामाङले ४ हजार ९ सय ३३ र उपमेयरमा विजयी बस्नेतले ५ हजार ४ सय ६४ मत ल्याएका छन् । 

मेयरमा नेपाली कांग्रेसका दिनेश राईले ४ हजार ८ सय १९ मत र उपमेयरमा रेणु श्रेष्ठले ५ हजार ४ सय ६४ मत प्राप्त गरे । 

यसअघि धनकुटाका अन्य ४ क्षेत्रमा समेत एमालेले नै जित हासिल गरिसकेको छ । पाख्रीबास नगरपालिका, छिन्ताङ शहीदभूमि गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र चौबीसे गाउँपालिकामा एमालेले शानदार जित हासिल गरेको हो । 

महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकामा समेत एमालेकै अग्रता छ ।