काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले बुधबारदेखि कैलालीको धनगढी उपमहानगरपालिका ४, चौराहमा शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ । 

एक समारोहका बीच सो शाखा कार्यालयको नेपाल राष्टबैंक धनगढीका प्रमुख धनञ्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडूले संयुक्त रुपमा उद्घाटन गरे । 

गत साता मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामिण भेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर र काठमाडौंको नेपालटारमा नयाँ शाखा संचालनमा ल्याएको थियो । 

कार्यक्रमका सभापति एवम् बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारीले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिइने बताए । 

कार्यक्रमका विशेष अतिथि कैलाली जिल्लाका प्रमुख जिल्लाअधिकारी गोविन्दप्रसाद रिजालले बैंकको प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा बैंकको संचालक  समितिका सदस्यहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, उपमहानगरपालिका ४ नम्बर वडाका प्रतिनिधिहरु ल्गायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।

२०६५ साल साउन ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएममार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एबिबिएस, आश्वालगायतका सम्पूूर्ण आधुनिक बैकिङ्ग सेवाहरु ग्राहकहरुलाई उपलब्ध गराउनुको साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउनेछ ।