काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र सी.पी. हस्पिटल, प्रा.लि. धनगढी, चटकपुरबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सी.पी. हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरे । 

हाल यो बैंकको देशभर २८४ शाखा, २९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउण्टर र ३५ शाखारहित बैंकिङ इकाई रहेका छन् । 

यो बैंकका हाल करिब १६ लाख ग्राहक छन् ।