काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ७ नम्बर प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम फाल्गुन १७ गते धनगढीमा सम्पन्न गरेको छ। 

प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जनाभन्दा बढी  कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरियो । 

गैरकानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ ? शुद्धीकरण गर्ने क्षेत्रहरू कुन–कुन हुन् ? नियन्त्रणका प्रक्रियाहरु के–के हुन, रिपोर्टिङ कसरी गर्ने, दण्ड जरीवाना कति छ ? जस्ता विषयमा विस्तृत जानकारी दिइयो । 

कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना खरेलले प्रदान गरेका तालिममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र क्षेत्रिय प्रमुख हर्कबहादुर बोहराको पनि उपस्थिति थियो।