काठमाण्डौ । आगामी चैत २७ गते सुदूरपश्चिममै पहिलो पटक मोटर ¥याली आयोजना हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन(नासा)को तत्वावधानमा सेती महाकाली ट्रक व्यवसायी संघ, लायन्स क्लब अफ धनगढी तथा नेपाल मोटर स्पोर्ट्स क्लब काठमाडौंको आयोजनामा सो मोटर ¥याली हुने भएको हो । 
 

¥याली धनगढीबाट सुरु भई मनोरम चिसापानीसम्म पुगेर समापन हुनेछ । टाइम, डिस्ट्यान्स र स्पिड(टीडीएस) प्रविधिद्वारा मापन गरिने यस मोटर ¥यालीमा विभिन्न कारहरुको सहभागिता रहनेछ । 
 

कुल ९३ किलोमिटरको सो ¥याली धनगढीबाट सुरु भई अत्तरिया, चमला, मसुरिया, पहलमानपुर, घोडाघोडी, सुखड, लम्की हुँदै चिसापानीमा गई समापन हुनेछ । सोभन्दा पहिले चैत २६ गतेका दिन ¥यालीमा सहभागी ड्राइभर तथा नेभिगेटरहरुका लागि सडक सुरक्षा सम्बन्धी आवश्यक प्रशिक्षण प्रदान गरिनेछ । प्रशिक्षणमा स्थानीय सरकारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको पनि उपस्थिति रहने छ । सो ¥यालीमार्फत सडक सुरक्षा र आन्तरिक पर्यटनको पनि प्रवद्र्धन हुने आयोजकले जनाएको छ ।
 

चौथो पर्वतीय खेलकुद महोत्सवको उपलक्ष्यमा पर्वतीय खेलकुद महासंघको नीति अनुसार नेपालको पाँचै विकास क्षेत्रमा साहसिक एवम् पर्यटन प्रबद्र्धन गर्ने खेल आयोजना गर्ने उद्धेश्य अनुरुप मोटर ¥यालीको आयोजना गर्न लागिएको हो । पर्वतीय खेलकुद महासंघले ‘फर नेचर, एड्भेञ्चर एण्ड कल्चर’ को नारासहित यो बर्ष चौथो पर्वतीय खेलकुद महोत्सव मनाइरहेको छ । 
 

वि.सं. २०६४ सालमा स्थापित नेपाल अटोमोवाइल्स एसोसिएसन(नासा) नेपालमा मोटर, मोटरसाइकल स्पोर्टस् तथा अटोमोवाइल क्षेत्रसँग सम्बन्धित राष्ट्रिय खेलकूद परिषद र पर्वतीय खेलकूद महासंघमा आबद्ध राष्ट्रिय संघ हो । मोटर स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी, टुरिज्म तथा रोड सेफ्टी यसका मुख्य तीन कार्य हुन्, जसमा मोटर तथा मोटरसाइकलका खेल प्रतियोगिताको आयोजना, व्यवस्थापन र सुपरिवेक्षण पर्छन् । नेपाल मोटर स्पोर्ट्स क्लब चाहिँ नासामा आवद्ध संघ हो ।