काठमाण्डौ । कोही पनि यसै महान बन्न सक्दैन । केही न केही त्यस्ता कुरा हुन्छन्, जसले मानिसलाई महान बन्न प्रेरित गरेको छ ।

माइक्रोसफ्टका को–फाउन्डर बिल बिल गेट्सले विश्वभर आफ्नो रवाफ जमाएका छन् । बिल गेट्स दैनिक १०० ईमेल आफैँ चेक गर्छन्। जसबाट बिल गेट्सलाई थाहा हुन्छ कि मानिसहरुले उनको प्रशंसा गरिरहेका छन् वा गुनासा पोखिरहेका छन् । यो तरिकाले तपाइँ पनि आफ्ना ग्राहकको फिडब्याक जान्न सक्नुहुन्छ ।

बिल गेट्सले आफ्नो जीवनका १० नियमहरु एउटा कार्यक्रममा जानकारी गराएका छन् । आउनु थाहा पाऔँ उनको जीवनको १० महत्वपूर्ण नियमहरु :

कामदारको कदर गरौँ : ठूलठूला संगठन कामदारका लागि प्रतिबद्धता हुनु जरुरी हुन्छ । बिल गेट्सले आफ्ना कामदारको ख्याल राख्न थुप्रै यस्ता काम गरेका छन् । जसमा डेभलपर्सका लागि छुट्टै प्राइभेट अफिसदेखि लिएर होस् वा फेरि निकै व्यस्तता भएको ठाउँ नै किन नहोस् ।

डिभाइट एन्ड रुल पोलिसीको विरोध : बिल गेट्स ‘कामदारमा फुट ल्याउने र आफू राज गर्ने’ कुराको सख्त विरोधी हुन् । उनी यस्तो हकर्तलाई मुख्य समस्याका रुपमा लिन्छन् । उनी कुनै समस्या देखिनासाथ त्यसलाई हल गरिहाल्छन् ।

समस्याग्रस्त अवस्थामा सफलता कठिन : समस्याग्रस्त अवस्थामा सफलताको ग्यारेन्टी पाउन सकिँदैन । यस्तै अवस्थाको एउटा कहानी बिल गेट्सले हार्वर्डमा आफ्नो मन्तव्यका क्रममा सुनाएका थिए । जसमा उनले भनेका थिए कि रेडक्लिफ बस्नका लागि निकै राम्रो ठाउँ मानिन्छ । त्यहाँ महिलाहरु धेरै छन् र अधिकांश पुरुषहरु साइन्सका भुक्तभोगी थिए । यो संयोग निकै अजीव थियो । बिल गेट्स भन्छन्, ‘तपाइँहरुले बुझिहाल्नुभयो होला, त्यहाँ कस्तो स्थिति रह्यो होला ?’

सबैभन्दा पहिला विजेता बन्न कहिल्यै कोसिस नगरौँ : माइक्रोसफ्टको सफलता कम दामको प्रोडक्ट्सबाट सुरु भएको थियो । लगातार ती प्रोडक्ट्समा सुधार गरियो । त्यसपछि नै आईटी इन्डस्ट्रीमा फेरि नयाँ परिभाषा दिन सके ।

सबैभन्दा महत्वपूर्ण फिडब्याक नै सबैभन्दा मुस्किल : बिल गेट्सको मान्यता छ कि तपाइँको सबैभन्दा खुसी नरहने ग्राहक नै तपाइँको सिक्ने सबैभन्दा महत्वपूर्ण कडी बन्न सक्छ । उनको यो पनि भनाइ छ कि तपाइँको विश्वस्तरीय मानिस फिडब्याकमा यो भन्छन् कि तपाइँ जे गरिरहनुभएको छ त्यो गलत छ भने त्यो अझै अमूल्य हुन्छ ।

टेक्नोलोजी र बिजनेस साथ–साथ : हामी एक तरिकाले दुनियाँमा नलेज वर्कर हौँ । यसमा इन्फरमेसन टेक्नोलोजी सबैभन्दा पहिलो फोकसमा पर्छ । पछिल्लो तीन दशकलाई फर्केर हेर्दा माइक्रोसपट निकै राम्रो लाग्छ । त्यतिखेर काम सुरु भएको थियो र हामी बुझ्ने कोसिस गरिरहेका थियौँ कि काममा पछि कसरी बदलाव ल्याउने ? अब हामी डिजिटल वर्क कल्चरमा आइसकेका छौँ ।

समस्याको पहिचान गर्न सिकौँ : यो चुन्ने विषय हो कि तपाइँ केमा फोकस गर्नुहुन्छ । यदि तपाइँ समस्या बुझ्नुहुन्छ भने त्यसको हल पनि निकाल्नुहुन्छ । समस्याको पहिचान गर्न सक्नेलाई नै त्यसको हल निकाल्न निकै सहजता हुन्छ ।

सफलतालाई सेलिब्रेट गर्नुहोस्, असफलताबाट सिक्नुहोस् : सफलताको सुखियाली मनाउनुपर्छ । तर असफलताबाट सिक्नु पनि पर्छ । एउटै गलतीलाई बारम्बार नदोहोर्याउनुहोस् ।

टेक्नोलोजी केवल एउटा औजार : दिमागलाई सन्तुलित बनाएर राख्नुहोस् । कहीँ कतै खस्किन नदिनुहोस् । बच्चा काम गर्छन् तर तपाइँ उनीहरुलाई प्रेरणा दिइरहनुहुन्छ । त्यसैले यो जरुरी हुन्छ कि टिचर अर्थात् गुरु सही हुनुपर्छ किनकि टेक्नोलोजी केवल एउटा औजारमात्र हो ।

अक्षमता नदोहोराउनुहोस् : कुनै चिज वास्तावमा आफैँ हुन्छन्, नत्र यसले समस्या बढाउन सक्छ । कुनै पनि बिजनेसमा प्रयोगमा ल्याइएको टेक्नोलोजीको पहिलो नियम हुन्छ कि त्यहाँ अटोमेसिन लागू गरियोस् । यसबाट कामकाजी क्षमता बढाउन आवश्यक हुन्छ ।