काठमाण्डौ । एनआइसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडानम्बर ३ मा शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । 

ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको २०७६ फागुन ६ गते औपचारिक रुपमा समुद्घाटन गरेको हो । 

सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलले शाखा उद्घाटन गरेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हाल यो बैंकको देशभर ३१९ शाखा कार्यालय, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । बैंकका करिब २१ लाख ग्राहक छन् ।