काठमाण्डौ । अब धरान उपमहानगरपालिका जनताले तिर्नुपर्ने सबै कर भुक्तानी एनसीएचएलको कनेक्ट आइपीएस र इपेमेन्टबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । यो व्यवस्थासँगै अनलाइनबाटै कर भुक्तानी गर्ने पहिलो निकायसमेत भएको छ ।

स्थानीय सरकारको कर भुक्तानी समेत अनलाइनबाटै गराउने गरी धरान उपमहानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपीएस र इपेमेन्टमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरी उक्त सुविधा सञ्चालनमा ल्याउने पहिलो निकाय भएको हो । उक्त धरान उपमहानगरपालिकालाई कनेक्ट आइपीएसमा राष्ट्रिय वाणिज्य बैंक मार्फत आवद्ध गराइएको हो ।