काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं.६ स्थित छाताचोकमा बैशाख ०३ गते आफ्नो ८२ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा सो शाखाको कारोबार शुभारम्भ गरेका थिए ।

सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिधारी सापकोटाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेश प्रमुख राईले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं १ मा यो सँगै बैंकका ६ वटा शाखा पुगिसकेका र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।