काठमाण्डौ । सुनसरीको धरान उपमहानगरपालिकामा एमालेले अग्रतालाई थप फराकिलो बनाएको छ । एमालेका मेयरका उम्मेद्वार भन्दा उपमेयरकी उम्मेद्वारले बढी मत ल्याउँदै अगाडि बढेकी छिन् । 

मेयरका उम्मेद्वार तारा सुुब्बाले ४७७८ मत ल्याएका छन् भने उनलाई कांग्रेसका तिलक राईले ४२७० मतका साथ पछ्याइरहेका छन् । 

उपमेयरमा एमालेकी मञ्जुु भण्डारीले ५०४३ मत ल्याएकी छिन् भने उनलाई कांग्रेसकी श्यामा रेग्मीले ४३४६ मतले पछ्याइरहेकी छिन् । यसरी एमालेले मेयरमा ५०७ मतको अग्रता लिएको छ भने उपमेयरमा भने ७ सय मतको अग्रता लिएको छ । 

मेयर भन्दा उपमेयरले करिब ३ सय बढी मत ल्याइसकेकी छिन् ।