काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म सेन्ट्रलकी फाइनान्सले निराशाजनक वित्तीय विवरण प्रस्तुत गरेको छ । फाइनान्सको नाफामा निकै कमी आएकाले वित्तीय अवस्था धराशायी बन्दै गएको संकेत गरेको हो । फाइनान्सको चालू आर्थिक वर्षका तेस्रो त्रेमासमा फाइनान्सले ४ करोड ५३ लाख मात्र नाफा आर्जन गर्न सफल भएको हो । गत वर्ष सोही अवधिमा फाइनान्सले ५ करोड ८७ लाख नाफा आर्जन गरेको थियो । फाइनान्सको नाफा २२ प्रतिशतले कमी आएको हो । 
गत वर्षको भन्दा निकै कमजोर वित्तीय विवरण बिहीबार प्रकाशन गरेको फाइनान्सको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार धेरै सूचक निराशाजनक देखिएका छन् ।


समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा तथा ब्याज आम्दानीमासमेत कमी आएको छ । फाइनान्सले समीक्षा अवधिसम्ममा ८ करोड ५८ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिसम्म ९ करोड ७५ लाख ब्याज आम्दानी गरेको थियो । 

यसैगरी फाइनान्सको सञ्चालन खर्चसमेत बढेकाले सञ्चालन मुनाफा खुम्चिएको छ । फाइनान्सको यस वर्षको सञ्चालन मुनाफा ६ करोड छ । गत वर्ष ७ करोड ३० लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।  कुल कर्जाको अनुपातमा खराब कर्जा अनुपात भने कम हुँदै आएको देखिएको छ । गत वर्ष १ दशमलव २६ प्रतिशत खराब कर्जा भएको फाइनान्समा यस वर्ष शून्य दशमलव ८९ प्रतिशतमात्र खराब कर्जा छ । यसैगरी प्रतिशेयर आम्दानीमा समेत ४० प्रतिशत कमी आएर ८ दशमलव ९९ रुपैयाँ कायम भएको छ । 


फाइनान्सको चुक्ता पूजी ६७ करोड २२ लाख २६ हजार रहेको छ । गत वर्ष भन्दा २९ प्रतिशत पूँजी बढाएको कम्पनीको नाफा कम हुँदा प्रतिशेयर आम्दानी समेत झनै खस्केको हो ।