काठमाण्डौ । एनआइसी एशिया बैंकले सोमबारदेखि २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । 

बैंकले धादिङ्गको गजूरी गाँउपालिका वडा नं. १, धादिङ्ग स्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत र गल्छी गाउँपालिका वडा नं ७, धादिङ्ग स्थित गल्छी शाखा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठबाट साउन २१ गते उद्घाटन भएको हो ।

योसँगै अब यो बै.कको मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल रहेको छ । बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १४९अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख७५ हजार रहेको छ ।